यस संस्थाले हालसम्म सम्पन्न गरेका मुख्य कार्यहरू
१. भाषा, साहित्य, कला, संस्कृतिको प्रवर्द्धन, प्रतिभा पहिचान र अवसर प्रदान
– स्थापना कालदेखि नै यस संस्था नेपाली भाषा, साहित्य, संस्कृति, सम्पदाहरूको प्रवर्द्धन, यसमा संलग्न व्यक्तित्वहरूको सम्मान र हितसंबन्धी कार्यहरू निरन्तर रूपमा गर्दै आएको छ। युरोपमा हरेक वर्ष हुँदै आएको महादेशस्तरीय नृत्य तथा गायन प्रतियोगिता, मध्यपूर्व एसियामा हुने सांस्कृतिक महोत्सव लगायतका कार्यक्रमहरूले मात्र होइन अमेरिका, पूर्वी एसिया, ओसिनिया लगायतका क्षेत्रहरूका राष्ट्रिय र गज समितिहरूबाट आयोजना गर्दै आएका नियमित सांस्कृतिक कार्यक्रमहरूले संस्थाको उद्देश्यलाई मूर्त रूप प्रदान गर्दै आएका छन्।
– प्रवासमा जन्मेका वा हुर्की-बढेका नेपाली बालबालिकाहरूलाई नेपाली भाषा, परम्परा तथा सांगीतिक ज्ञान दिन कक्षाहरू संचालन गर्ने कार्यमा संस्था निरन्तर रूपमा लागिपरेको छ। क्षेत्रीय समिति मार्फत ग्लोबल समितिबाट अनुमति लिई बेल्जियम, डेनमार्क, जर्मनी, युकेको लगायतका राष्ट्रिय समितिहरू यस्ता कक्षाहरू संचालन गर्दै छन् भने अन्य राष्ट्रिय र गज समितिहरूले समेत ग्लोबल समितिबाट स्वीकृति प्राप्त गरी यस प्रकारका कक्षाहरू शीघ्र संचालन ल्याउने तयारी गरेका छन्।
नेपाली चलचित्रको विकास र प्रवर्द्धन
– नेपाली चलचित्र क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन र बजार विकासका लागि विभिन्न गोष्ठी/सेमिनार आयोजना, प्रवासमा नेपाली चलचित्रहरूको प्रदर्शन गर्नुका साथै यस क्षेत्रको सम्मान र वृहत्करणका लागि इनास अन्तर्राष्ट्रिय सम्मान एवं चलचित्र अवार्ड (INAS Film Award) हरू आयोजना गर्ने लगायतका कार्यक्रम संचालन गर्दै आएको छ।
– त्यसैगरी नेपाली चलचित्रहरूको नियमन एवं व्यवस्थापनको लागि तर्जुमा गरिने नीति–नियमहरूमा नेपाल सरकारका सम्बन्धित निकायहरूलाई आवश्यकतानुसार आधिकारिक रूपमा संस्थागत सुझावहरू प्रदान गर्ने कार्य समेत भएका छन्।
अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरूमा प्रतिनिधित्व
नेपाली कला र संस्कृति प्रवर्द्धन विश्वस्तरमा हुनुपर्छ भन्ने उद्देश्यका साथ अधिबेदनको यस संस्थाले विभिन्न मुलुकहरूका राजदूतावास तथा सरकारी निकायहरूले आयोजना गर्ने कार्यक्रमहरू र विश्वभरिकै विभिन्न मुलुकहरूद्वारा आयोजना गरिने अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरूमा प्रतिनिधित्व गर्दै नेपालको सांस्कृतिक विविधता र नेपालको भौगोलिक तथा सांस्कृतिक सम्पन्नताको बोधमा अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउँदै नेपालको पर्यटन प्रवर्द्धनमा समेत उल्लेख्य सहयोग गर्दै आएको छ।
विश्वभरिको विभिन्न राष्ट्रको सहभागितामा आयोजित फेस्टिभलमा समेत हजारौँको सहभागिता रहेको नेदरल्यान्डमा आयोजित अन्तर्राष्ट्रियस्तरको कार्यक्रम, जर्मनीमा भएको अन्तर्राष्ट्रिय स्तरको स्ट्रिट फेस्ट लगायतका कार्यक्रमहरूमा इनासको सहभागिता र प्रस्तुतिबाट नेपालको सांस्कृतिक प्रवर्द्धन मात्र नभई मौलिक तथा परम्परागत संस्कृति एवं सम्पदा प्रदर्शनको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पु¥याउने नेपालको तर्फबाट राजदूतावासमार्फत उच्च सराहना प्राप्त भएको छ भन्ने विश्वमञ्चबाट उत्कृष्ट प्रस्तुतिको संलग्नतासहित प्रसारण माध्यम र अन्य प्रसंसा प्राप्त भएको छ।
त्यसैगरी अमेरिका, अष्ट्रेलिया, नेदरल्यान्ड, फ्रान्स, डेनमार्क, अफ्रिका, बेलायत, बेल्जियम, फ्रान्स, प्यालेस्टाइन, चेक गणतन्त्र, क्युवा, ब्राजिल लगायतका विभिन्न राष्ट्रिय समिति र सो अन्तर्गतका राज्य समितिहरूबाट नेपाल डे, विदेशी मुलुकहरूको राष्ट्रिय दिवस वा अन्य राष्ट्रको राजदूतावासद्वारा आयोजना गरिने सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर रुपमा संस्थाको महत्वपूर्ण सहभागिता जनाउँदै आएको छ।
परोपकारी तथा सेवामूलक कार्यहरूः
भाषा, कला साहित्य र संस्कृतिको जगेर्ना तथा कलाकारहरूको हित तथा सम्मान गर्ने कार्य यस संस्थाको मुख्य उद्देश्य रहे तापनि यस संस्थाले विभिन्न तहबाट सेवामूलक कार्यक्रममा समेत आफूलार्इ सक्दो गराउँदै आएको छ।
नेपालमा गएको विनाशकारी भूकम्पको समयमा डाक्टर, नर्ससहित सँगसँगैका पदाधिकारीहरू ठूला संख्यामा नेपालमा जम्मा भएर काभ्रे, सिन्धुपाल्चोक लगायतका स्थानहरूमा भूकम्पले विनाश गरेको गाउँ–बस्तिहरूमा गई हजारौंको संख्यामा पीडितहरूलाई खाना, लत्ता–कपडा लगायतका सामग्रीहरू वितरण, अस्थायी स्वास्थ्य चौकी स्थापना गरी घाइतेहरूको शल्यक्रिया तथा औषधी उपचार, भूकम्पले बासस्थान भत्काएर अलपत्र परेका पीडितहरूलाई अस्थायी बासस्थान निर्माण, भत्किएका विद्यालयहरूको पुनर्निर्माण तथा विद्यालय जाने बालबालिकाहरूलाई पाठ्य–सामग्रीहरू उपलब्ध गराउने लगायतका कार्यहरू यस संस्थाले सकृयताका साथ सम्पन्न गरेको छ।
त्यस्तै निम्न–आय भएका जेहेन्दार विद्यार्थीहरूलाई आर्थिक सहयोग तथा छात्रवृत्ति प्रदान गरी शिक्षा हासिल गर्न मद्दत गर्ने महत्वपूर्ण कार्य गर्दै आएको छ।
त्यसै गरी कोभिडको महामारीको बेला राजधानी तथा राजधानी बाहिर रहेका अस्पतालहरूमा प्रशस्त मात्रामा बिरामीका लागि शैयाहरू (Beds) तथा अक्सिजन सहित सिलिन्डरहरू वितरण गरिएको थियो भने नेपालीहरूलाई यस महामारीबाट सुरक्षित राख्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई ठूलो परिमाणमा सर्जिकल मास्क, ह्यान्ड सेनिटाइजर तथा सेफ्टी किटहरू हस्तान्तरण गरिएको थियो।
त्यस्तै नेपालमा बेलाबखत आइपर्ने बाढी–पहिरो लगायतका प्राकृतिक प्रकोपमा परेका व्यक्तिहरूलाई नियमित खानपान र प्राथमिक स्वास्थ्योपचारको व्यवस्थापन लगायतका कार्यहरूमा समेत संस्थाले सकृयरूपमा सेवा र सहयोग गर्दै आएको छ। यसप्रकारका विपत्तिको घडीहरूमा एसिया, अमेरिका, युरोप, मध्यपूर्व, ओसिनिया लगायतका सबै महादेशहरूबाट सम्पूर्ण क्षेत्रीय, राष्ट्रिय र राज्य समितिहरूसमेत उल्लेखनीय र सराहनीय रूपमा सहयोगबाटसमेत प्राप्त भएको छ।
कलाकार हितसम्बन्धी पहल
कलाकारको हितको लागि कृतिशील यस संस्थाले नेपालमै वा प्रवासमा रहेका नेपाली कलाकार तथा साहित्यकारहरूसँगै प्रवासमा विविध कारणले समस्यामा परेका नेपालीहरूको स्वास्थ्य उपचार, कानुनी समस्याहरूको समाधानका लागि पहललगायत उल्लेख्य सहयोग गर्दै आएको छ। गायक ओम विक्रम विष्ट, गायक तथा संगीतकार आइसीङ लामा, गायक बुद्धिसागर लगायतका कलाकारहरूको स्वास्थ्योपचारका साथै कानुनी समस्यामा रहेर उपचार गर्दा गर्दै बञ्चिनु केही अन्य कलाकारहरूको स्वास्थ्योपचारका लागि गरिएको सहयोगलाई प्रतिनिधि पात्रको रूपमा लिन सकिन्छ। यसप्रकारको कार्यमा अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स, अष्ट्रेलिया, अष्ट्रिया, जर्मनी, डेन्मार्क लगायतका राष्ट्रिय समितिहरू र अन्तर्राष्ट्रिय राज्य समितिहरूसँगै सबै महादेशीय (क्षेत्रीय) तथा ग्लोबल समितिले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
नेपाली चलचित्रको विकास र प्रवर्द्धन
-
नेपाली चलचित्र क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन र बजार विकासका लागि विभिन्न गोष्ठीसेमिनार आयोजना, प्रवासमा नेपाली चलचित्रहरूको प्रदर्शन गर्नुका साथ यस क्षेत्रको सम्मान र वृहत्तीकरणका लागि इनास अन्तर्राष्ट्रिय सम्मान एवं चलचित्र अवार्ड (INAS Film Award) हरू आयोजना गर्ने लगायतका कार्यक्रम संचालन गर्दै आएका छन्।
-
त्यस्तै नेपाली चलचित्रहरूको नियमन एवं व्यवस्थापनको लागि तर्जुमा गरिने नीति-नियमहरूमा नेपाल सरकारका सम्बन्धित निकायहरूलाई आवश्यकतानुसार आधिकारिकरूपमा संस्थागत सुझावहरू प्रदान गर्ने कार्य समेत भएका छन्।
ललितकला र खेलकुद प्रवर्द्धनमा इनास
ललितकला (चित्रकला, मूर्तिकला आदि) र खेलकुदलाई कलाको एउटा पाटोको रूपमा मान्दै इनासले यी दुई विधालाई समेत विधागत रूपमा यी क्षेत्रको विकास र प्रवर्द्धनको लागि कार्यक्रमहरू गरेका छन्। जस अन्तर्गत मध्यपूर्वमा युएई, जर्मनी, स्पेन लगायतका राष्ट्रिय समितिहरूबाट खेलकुदका विभिन्न कार्यक्रम आयोजना सम्पन्न भइसकेका छन् भने चित्रकला प्रवर्द्धनका लागि समेत पहलहरू भएका छन्।