बाढी प्रभावितका लागि इनास यूकेको सक्रियता, विभिन्न सहकार्यबाट रु. ५ लाखभन्दा बढी सहयोग

बाढी प्रभावितका लागि इनास यूकेको सक्रियता, विभिन्न सहकार्यबाट रु. ५ लाखभन्दा बढी सहयोग

inas-uk-help.jpgलन्डन। नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहतका लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले विभिन्न माध्यमबाट सहयोग संकलन तथा राहत कार्यमा सक्रिय सहभागिता जनाएको छ।

इनास यूकेका कार्यसमिति सदस्य, संस्थापक, पूर्वअध्यक्ष तथा शुभचिन्तकहरूको सामूहिक सहयोगबाट करिब रु. २ लाख संकलन गरी रसुवाका बाढी प्रभावित परिवारहरूको राहतका लागि पठाइएको छ।

उक्त सहयोगबाट करिब ७० घरपरिवारलाई १५ दिनसम्म पुग्ने आधारभूत खाद्यान्न, खाने तेल, मसला, लत्ताकपडालगायतका राहत सामग्री उपलब्ध गराइएको इनास यूकेले जनाएको छ।

यसका साथै इनास यूकेले ‘लाखे’ चलचित्रको कार्यक्रमलाई समर्थन तथा सहकार्य गर्नुका साथै हेल्प नेपाल यूकेद्वारा आयोजित राहत कार्यक्रममा समेत सहभागिता जनाई सहयोग संकलन गरेको छ।

इनास यूकेका अनुसार आफ्नो पहल तथा विभिन्न संस्था र अभियानसँगको सहकार्यबाट हालसम्म रु. ५ लाखभन्दा बढी रकम बाढी प्रभावितहरूको राहतका लागि संकलन गरी नेपाल पठाइएको छ।

यस मानवीय अभियानमा साथ, सहयोग र सहभागिता जनाउने कार्यसमिति सदस्य, संस्थापक, पूर्वअध्यक्ष, कलाकार, शुभचिन्तक तथा सम्पूर्ण सहयोगदाताहरूप्रति इनास यूकेले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

साथै, इनास ग्लोबलले बाढी प्रभावितहरूको राहतका लागि इनास यूकेले देखाएको सक्रियता, सहकार्य र मानवीय पहलको उच्च प्रशंसा गर्दै इनास यूके परिवार तथा अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij