जर्मनी। नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावितहरूको राहतका लागि इनास जर्मनी र कलाकृति जर्मनीका सदस्यहरूले संयुक्त रूपमा १,१८० अमेरिकी डलर अर्थात् करिब रु. १ लाख ७८ हजार सहयोग गरेका छन्।
सदस्यहरूबाट संकलित उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै जम्मा गरिएको इनास जर्मनीले जनाएको छ।
यस दुःखद घडीमा बाढी प्रभावितहरूप्रति सहयोग र ऐक्यबद्धता जनाउनु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै इनास जर्मनीले सहयोग गर्ने सम्पूर्ण सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।