यूएई। नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूको राहतका लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूएई परिवारबाट रु. ३,२६,५४४ सहयोग भएको छ।
इनास यूएई तथा संस्थासँग आवद्ध पदाधिकारी, सदस्य र शुभेच्छुकहरूले उक्त रकम संस्थागत तथा व्यक्तिगत रूपमा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै जम्मा गरेका हुन्।
सहयोग गर्ने संस्था तथा व्यक्तिहरूको नामावली यसप्रकार छ:
इनास यूएई — रु. २५,०००
हरि मोक्तान — रु. २५,०००
सुनिल पौडेल — रु. ५५,०००
कृष्ण भट्टराई — रु. ४१,१११
बिरु ओली — रु. ७,०००
विकास बन्जाडे — रु. २५,०००
गंगा खड्का — रु. १५,०००
बिना मानन्धर — रु. ५,१००
अर्जुन विश्वकर्मा — रु. १०,०००
अजय — रु. ७,०००
निर्मल भुजेल — रु. १०,०००
चित्र कुँवर — रु. २०,०००
विकास तिवारी — रु. ५,०००
सुरज श्रेष्ठ — रु. ३,०००
कञ्चन देवकोटा — रु. २०,०००
गिरीश भण्डारी — रु. १०,०००
वीरेन्द्र दंगाल — रु. १,१११
कुशल बुचा — रु. ११,१११
सीबी देउकाडी — रु. ११,१११
केशव नेपाल — रु. २०,०००
कुल सहयोग रकम: रु. ३,२६,५४४
इनास राष्ट्रिय समिति यूएईले नेपालका बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै बरदुबईमा ‘Pray for Nepal–Candle Light Vigil’ कार्यक्रमसमेत आयोजना गरेको छ। उक्त कार्यक्रममा विपतमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावित परिवारहरूको शीघ्र उद्धार, राहत र पुनर्स्थापनाको कामना गरिएको थियो। हातमा मैनबत्ती लिएर उपस्थित इनास परिवार, शुभेच्छुक तथा नेपाली समुदायका सदस्यहरूले नेपाल र नेपालीप्रति आफ्नो साथ, समर्थन र ऐक्यवद्धता व्यक्त गरेका थिए।
इनास यूएईले कार्यक्रममा प्रज्वलित प्रत्येक मैनबत्तीलाई दुःखमा साथ, पीडितप्रति संवेदना, मानवता र मातृभूमि नेपालप्रतिको अटुट प्रेमको प्रतीकका रूपमा उल्लेख गरेको छ। कार्यक्रममा उपस्थित भएर ऐक्यवद्धता जनाउने सम्पूर्ण इनासप्रेमी, इनास परिवार, शुभेच्छुक तथा नेपाली समुदायप्रति संस्थाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
विपद्को समयमा गरिएको सानो ठूलो हरेक सहयोग अमूल्य हुने उल्लेख गर्दै इनास यूएईका अध्यक्ष हरि मोक्तानले दुःखमा साथ दिनु नै मानवताको सबैभन्दा ठूलो धर्म भएको बताएका छन्। उनले यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारी तथा महानुभावहरुलाई धन्यवाद दिदै आभार व्यक्त गरेका छन्।
साथै मातृभूमिमा परेको यस विपतको घडिमा गरिएको यसप्रकारको सहयोगलाई उल्लेख्य मान्दै इनास ग्लोबल समितिले समेत सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ।