प्रेस विज्ञप्ति : १५औं स्थापना दिवस।

प्रेस विज्ञप्ति : १५औं स्थापना दिवस।

happy-inas-day-2026.pngआजबाट अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) चौध वर्ष पूरा गरि पन्ध्रौं वर्षमा प्रवेश गरेको छ। यो सुखद घडिमा यस संस्था स्थापन गर्न र तत्पश्चातका समयहरुमा यसलाई दरिलो र गर्विलो संस्थाको रुपमा विकसित गर्न अहोरात्र खट्नुहुने हाम्रा आदरणीय संस्थापकज्यूहरु, ग्लोबल, क्षेत्रीय, राष्ट्रिय र राज्य समितिका सम्पूर्ण पदाधिकारीज्यूहरुका साथै प्रत्यक्ष र परोक्षरुपमा हर-तरहले सहयोग तथा सहकार्य गर्नुहुने सम्पूर्ण महानुभाव तथा संघ-संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै इनास स्थापना दिवशको यस सुखद अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

गत वर्षहरुमा कार्यसम्पादनको आधार निर्माण गर्ने मूलभूत नीतिमूताविक संस्था अघिबढेको संस्थाले यस वर्षमा भने संस्थागत विस्तारलाई समेत प्राथमिकता दिदै केहि मूलुकहरुबाट संस्था विस्तारका लागि अनुमति प्रदान गर्ने सम्बन्धमा प्राप्त भै विचाराधिन अवस्थामा राखिएका केहि मूलुकका अनुरोधहरुलाई राष्ट्रिय समितिको रुपमा अनुमति प्रदान गरि संस्थागत विस्तार गर्ने प्रकृयालाई क्रमश: अघिबढाइने छ। संस्थागत वेबसाईटलाई सुधार गरि सम्पूर्ण डाटालाई संकलन गर्दै यसलाई केन्द्रीकरण गर्ने कार्यको समेत सुरुवात भैसकेको छ भने सोहि डाटाअनुरुप मेलहुने गरि संस्थागत परिचय-पत्र वितरण कार्यको सुरुवात गरिएको सहर्ष र सगर्व जानकारी गराउदछौं। विगतका वर्षहरुमा जस्तै केन्द्रिय विधान र उक्त विधानअन्तर्गत तर्जूमा भएको कार्य सम्पादन निर्देशिका २०२२ अनुरुप संस्थाको मूलभूत कार्य-उद्देश्य प्राप्तिका लागि आवश्यकता र औचित्यताको आधारमा सबैसँगको आपसी सहकार्यलाई प्राथमिकताका साथ निरन्तरता प्रदान गरिनेछ। सबै क्षेत्रीय, राष्ट्रिय र राज्य समितिहरुबाट निरन्तररुपमा आयोजना हुदै आएका सांस्कृतिक तथा सामाजिक कार्यहरुलाई निरन्तरता प्रदान गरिनेछ भने ग्लोबल रुपमा समेत आगामी वर्ष एक वृहत कार्यक्रम आयोजना गरिने योजना स्वीकृत भैसकेको छ।  

आपसी सदभाव र भाइचारा संस्था दरिलो बनाउने एउटा महत्वपूर्ण आधार स्तम्भ हो। यसलाई कायम गर्दै यस संस्थालाई एउटा गरीमामय संस्थाका रुपमा विकसित गर्न अहोरात्र खट्नु हुने विश्वभरका तमाम पदाधिकारीज्यूहरुको अथक मेहनत, लगन र समर्पणका लागि  धेरै-धेरै धन्यवादसहित आभार व्यक्त गर्दै इनास स्थापना दिवसको यस सुखद उपलक्ष्यमा सबैलाई हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछौं !

Happy INAS Day !!

जय इनास !

आनन्दू लामा
प्रवक्ता

अर्जून काफ्ले 
अध्यक्ष,
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समिति

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij